ad ad

समाज


महानगरको हटलाइनमा कोभिड १९ को जानकारी : १२ घण्टामा ४० सोधपुछ

महानगरको हटलाइनमा कोभिड १९ को जानकारी : १२ घण्टामा ४० सोधपुछ

नेपालखबर
चैत १०, २०७६ सोमबार ११:३,

काठमाडौं महानगरको हटलाइन टेलिफोन ११८० मा गएको १२ घण्टामा ४० वटा सोधपुछ भएका छन्। चैत ९ गते आइतबार साँझ साढे ५ बजेदेखि सोमबार बिहान ६ बजेसम्म ४० जनाले टेलिफोन गरेर जानकारी दिए।

यसरी जानकारी लिन फोन सम्पर्क गर्नेको संख्या काठमाडौं उपत्यकाभित्रबाटभन्दा बाहिरका धेरै छ। काठमाडौंबाहिर चितवन, बर्दिबास, जुम्ला, बनेपा, नेपालगञ्ज, मोराङ्, कपिलबस्तु, लमजुङ्, पर्सा, वीरगञ्ज, धनगढी र बाराबाट टेलिफोन आएको थियो।

हटलाइनमा बसेर टेलिफोनबाट जानकारी दिने स्वास्थ्यकर्मीहरु ऋषिप्रसाद भुषाल र ज्ञानप्रसाद ओलीकाअनुसार फोन गर्नेहरुले बारम्बार सोध्ने प्रश्नहरुमा — नेपालमा कतिजनालाई संक्रमण देखिएको छ? बीरगञ्जमा कोरोना देखिएको पुष्टि भएको हो? कुन साबुनले हात धुँदा राम्रो? डिटोलले हात धुँदा पानीमा कति मिसाउनु पर्छ? मास्क अनिवार्य नै हो त? कोभिडका लक्षण कसरी थाहा पाउने? कसैलाई भइहाल्यो भने पहिले के गर्ने? जस्ता छन् ।

भोलिदेखि गाडी चल्छ कि चल्दैन? बजारमा ग्याँस छैन त, कहाँबाट लिने? सामान पाइएन भने के गर्ने? जस्ता जनसाधारणले साधेका प्रश्न हुन् । त्यस्तै पोलि क्लिनिक सञ्चालकहरुले — कोरोनाका बिरामी भेटिए हामीले के गर्ने? भनेर प्रश्न सोधेका थिए । यससँगै हटलाइनमा फोन गरेर महानगरले सेवा दिएकोमा धन्यवाद दिने पनि थिए ।

कोरोना भाइरस (कोभिड — १९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने सन्दर्भमा जनसाधारणमा भएको आशंकालाई स्पष्ट गरिदिने, उपचारका अन्यौल भए अस्पताल वा उपचार व्यवस्था सम्बन्धि जानकारी गराउने उद्देश्यले महानगरले स्थापना गरेको महानगरस्तरीय स्वास्थ्य सहायता केन्द्रीय कक्ष राष्ट्रिय सभा गृहमा छ ।

यससँगै वडा कार्यालयहरु, सहरी स्वास्थ्य क्लिनिकहरु र अन्य केही सार्वजनिक स्थानमा पनि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएका छन् । ती कक्षहरुबाट कोभिड — १९ (कोरोना भाइरस) का लक्षण, यसलाई नियन्त्रण गर्न अपनाउनु पर्ने साबधानी, एकान्तबास (सेल्फ क्वारेन्टाइन) लगायत व्यक्तिगत र सामाजिक क्रियाकलापका बिषयमा परामर्श दिइन्छ । त्यस्तै सचेतनामुलक सामाग्रीसँगै निःशुल्क मास्क र स्यानिटाइजर वितरण गरिन्छ ।

महानगरले ११८० हटलाइनसँगै टेलिफोन नं. हरु ९८४९ ८५६६७१, ९८४९ ८५६६७२ र ९८४९ ८६०५४७ बाट पनि कोरोना भाइरस नियन्त्रण तथा उपचार सहायताका लागि परामर्श दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .