ad ad

समाज


विराटनगर मंगलबारदेखि अनिश्चितकालीन ‘लक डाउन’

विराटनगर मंगलबारदेखि अनिश्चितकालीन ‘लक डाउन’

नेपालखबर
चैत १०, २०७६ सोमबार १०:१,

भारतसँग सीमा जोडिएको मोरङको विराटनगर महानगरपालिकाले आफ्नो क्षेत्रमा मंगलबारदेखि अनिश्चितकालीन ‘लक डाउन’ गर्ने भएको छ। कोरोना भाइरस महामारी नफैलियोस् भनेर ‘लक डाउन’ गर्न लागिएको महानगरपालिकाले जनाएको छ।

‘भोलि बिहानबाट लक डाउन शुरु हुन्छ,’ महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले नेपालखरबसँग भने, ‘अवस्था सामान्य नहुन्जेलसम्म लक डाउन रहन्छ।’

थपलियाले अत्यावश्यक बाहेक अन्य क्षेत्रका मानिसलाई घरमै बस्न महानगरपालिकाले आग्रह गरेको बताए।

पछिल्लो समय कोरोना संक्रमणलाई फैलिन नदिन सरकारले दक्षिणतर्फको सीमामा कडाइँ गर्दै गएको छ।

यसअघि संघीय सरकारले नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो। विराटनगर भारतसँगको जोगबनी नाका जोडिएको सहर हो।

यो पनि:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .