ad ad

खेल


मेस्सीले भनेः कोरोना प्रकोपबारे बालबालिकालाई बुझाऔं

मेस्सीले भनेः कोरोना प्रकोपबारे बालबालिकालाई बुझाऔं

नेपालखबर
चैत १०, २०७६ सोमबार १०:१,

सबै अभिभावकले आफ्ना बालबालिकालाई उनीहरुको उमेरअनुसार बुझ्ने गरी कोरोनाबारे जानकारी गराउन मेस्सीले आग्रह गरेका हुन्।

मेस्सीले भनेका छन्,‘कोरोना भाइरसले विश्वमा अनिश्चितता र चिन्ता बढाएको छ। यसको अनुभव हाम्रा छोराछोरीले पनि विशेष रुपमा गर्छन्। कोरोनाका कारण उनीहरु डराउँछन् र किशोर–किशोरी अत्तालिन्छन्।’

यो पनिः

कोरोनाबारे बालबालिकासँग कसरी कुरा गर्ने?

यस्तो अवस्थामा अभिभावकले आफ्ना छोराछोरीलाई राम्रो हेरचाह गर्नुपर्ने र उनीहरुसँग जारी विपदबारे राम्रोसँग बुझाउनु पर्ने मेस्सीको भनाइ छ।

मेस्सीेले भनेका छन्,‘संकटको अवस्थामा बालबालिकालाई सुरक्षा दिनु हाम्रो दायित्व हो। समाजमा के भइरहेको छ यसबारे हामी उनीहरुलाई बुझाउनसक्छौं र ढुक्क बनाउनसक्छौं।’

आफ्ना छोराछोरीको उमेरअनुसार उनीहरुले बुझ्नेगरी उनीहरुसँग कुरा गर्नुपर्ने मेस्सीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .