ललितपुरको ललितपुर महानगरपालिका–१५ चापागाउँ दोबाटोस्थित सडकमा गाडीको ठक्करबाट एक किशोरको ज्यान गएको छ।
बाप्र ३–०१–०२४ च ९१५५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मकवानपुर घर भएका १४ वर्षीय साहन मोक्तानको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा उपचारको क्रममा मृत्यु भएको हो।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
1.2k
Shares

प्रतिक्रिया