काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित सडकमा दुईवटा मोटरसाइकल एक आसपसमा ठक्कर खाइ दुर्घटना हुँदा एक युवकको मृतयु भएको छ।
बा.प्र.०२-०३७ प ०९०३ नम्बरको मोटरसाइकल र बा.७१ प १४७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा बा.प्र. ०२-०३७ प ०९०३ नम्बरको मोटरसाइकल चालक उदयपुर चौदण्डीगढी नगरपालिका घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने २१ वर्षीय राजन कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो।
बा.७१ प १४७१ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
366
Shares

प्रतिक्रिया