ad ad

समाज


हत्याको ३५ वर्षपछि चुरोटको ठुटोले प्रहरीलाई अभियुक्तसम्म पुर्‍यायो

हत्याको ३५ वर्षपछि चुरोटको ठुटोले प्रहरीलाई अभियुक्तसम्म पुर्‍यायो

नेपालखबर
चैत ९, २०७६ आइतबार १५:५१,

अमेरिकाको फ्लोरिडामा एक जनाको हत्याको ३५ वर्षपछि प्रहरी अभियुक्तलाई समात्न सफल भएको छ।

५७ वर्षीय डेनियल वेल्स यसैसाता हत्या आरोपमा पक्राउ परेका हुन्। उनलाई तोन्या म्याकिन्लिीको हत्या गरेको आरोप छ।

सन् १९८५ मा नयाँ वर्षकै दिन एक छोराकी आमा २३ वर्षीया म्याकिन्ली मृत भेटिएकी थिइन्। यौन दुर्व्यवहारपछि घाँटी थिचेर उनको हत्या गरिएको थियो।

३५ वर्ष बितिसक्दा पनि प्रहरीले यो मुद्दा सल्ट्याउन सकेको थिएन।

तर, अहिले आएर प्रहरीले पहिलो पटक हत्या आरोपितको नाम उल्लेख गरेको छ। प्रहरीका अनुसार पब्लिक डेटाबेसमा रहेको डीएनएले वेल्ससम्म आफूलाई पुर्‍याएको बताएको छ।

म्याकिन्लीको शव फेला परेको ठाउँ नजिकै पाइएका डीएनए प्रमाणहरुलाई डेटाबेससँग भिडाइएको थियो। यो तुलनात्मक अध्ययनपछि प्रहरीले वेल्सका नातेदारहरुसम्म पुगेको थियो। यो खुलासापछि प्रहरीले अभियुक्त पत्ता लगाउन वेल्सको पारिवारिक वृक्ष तयार गरेका थिए।

अन्ततः गत मार्च ४ मा वेल्सले कारमा चुरोट खाएर फालेको ठुटो संकलन गरेर प्रहरीले डीएनए परीक्षण गराएको थियो।

हत्या गरिएकी म्याकिन्लीका ३५ वर्षीय छोराले अभियुक्त पक्राउ परेको सुनेपछि आफू खुसी भएको तर अदालतले पुष्टि गरेपछि मात्रै आफूले न्याय पाउने प्रतिक्रिया दिएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .