ad ad

समाज


आकस्मिक बैठकपछि वीरगञ्ज मेयर र पर्साका सिडिओ कोरोना आशंका गरिएका व्यक्तिको घरमा

आकस्मिक बैठकपछि वीरगञ्ज मेयर र पर्साका सिडिओ कोरोना आशंका गरिएका व्यक्तिको घरमा

नेपालखबर
चैत ९, २०७६ आइतबार १५:४०,

भारतको पटनामा उपचाररत् वीरगन्जका एक व्यवसायीमा कोरोना संक्रमण भएको खबर आएपछि पर्सा जिल्ला प्रशासनको आकस्मिक बैठक बसेको छ।

बैठकलगतै प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीसहितको एक टोली संक्रमित भनिएका व्यक्तिको घरमा जाँदैछ।

संक्रमित भनिएका व्यक्तिकाे भारतको पटनास्थित अस्पतालमा उपचार भइरहेको छ। यसअघि उनको मिर्गाैला प्रत्यारोपण गरिएको परिवारले जानकारी दिएका छन।

यता उनकाे परिवारलाई होम क्वारेन्टाइनमा राखिसकिएकाे छ। आवश्यक थप व्यवस्था गर्नका लागि त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी कार्कीले नेपालखबरलाई बताए।

वीरगन्ज महानगरपालिकाका प्रमुख विनयकुमार सरावगीले संक्रमितका परिवारको ज्वरो परीक्षण गरिसकिएको बताएका छन्।

‘बिरामीको वीरगञ्जस्थित घरमा दुई स्वास्थ्यकर्मी पठाएर परिवारको स्वास्थ्य जाँच गराएका छौं। अहिले सबैको अवस्था सामान्य देखिएको छ,’ प्रजिअसँगै बिरामीको घर जान लागेका मेयर सरावगीले भने, ‘उहाँहरु होम क्वारेन्टाइनमा बस्नुभएको छ। हामी गएर थप के आवश्यक छ, त्यो व्यवस्था गरेर आउँछौं।’

उक्त क्षेत्रका प्रदेश सांसद ओमप्रकाश शर्माले आफुलाई पनि बिरामीका परिवारले उनमा संक्रमण भएको जानकारी गराएको बताए।

‘संक्रमित भनिएका बिरामीका भाइले मलाई फोनमा जानकारी गराएका थिए,’ सांसद शर्माले भने, ‘उनी होलीभन्दा पहिले श्रीलंका गएर आएका रहेछन। बिरामी भएपछि यहाँ पनि उपचार गराइएको थियो। त्यसैले उनको परिवारका सदस्य र उपचारमा संलग्न स्वास्थ्यकर्मीकै स्वास्थ्य अवस्थाबारे पनि ख्याल गर्नुपरेको हो।’

यसअघि गरेको परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको र अर्को रिपोर्ट सोमबार आउने परिवारले स्थानीय प्रशासनलाई जानकारी गराएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .