तनहुँको घाँसीकुवामा आइतबार बस दुर्घटना हुँदा एकजना यात्रुको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्।
मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४०० नम्बरको बस अनियन्त्रित भई सडकको दायाँतर्फको नालीमा पल्टँदा बसका सवार गोरखा जिल्ला गोरखा नगरपालिका–१८ घर भई शुक्लागण्डकी नगरपालिका–१८ डेरा गरी बस्ने २५ वर्षीया शर्मिला ठकुरीको मृत्यु भएको हो।
प्रतिक्रिया