ad ad

समाज


कोरोना संक्रमणको आशंकामा थप एक जना अस्पताल भर्ना

कोरोना संक्रमणको आशंकामा थप एक जना अस्पताल भर्ना

गोकुल जोशी
चैत ९, २०७६ आइतबार १४:५८,

कोरोना भाइरस संक्रमणको आशंकामा एक जनालाई आइतवार साँझ महाकाली अस्पताल भर्ना गरिएको छ। गड्डाचौकी नाका भएर भित्रिएका एक जनालाई कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरभाइजर नारद भट्टले बताए।

मेडिकल सुपरभाइजर भट्टका अनुसार कोरोना भाइरसको आशंकामा भर्ना गरिएका मानिस भारतको बैङलोरबाट आइतवार महेन्द्रनगर पुगेका थिए।

‘आज महेन्द्रनगर बसपार्कमा चेकजाँच गर्दा उच्च ज्वरो र सुख्खा खोकी लागेको अवस्थामा भेटिए, कोरोना भाइरसको आशंकामा उनलाई अस्पताल पुर्‍याइएको हो’ उनले भने।

अहिले उनलाई महाकाली अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ। उनका अनुसार आज रात परिसकेकाले भोलि नमूना काठमाडौँ पठाउने तयारी भइरहेको छ। योसँगै कोरोना भाइरसको आशंकामा महाकाली अस्पताल भर्ना भएका बिरामीको संख्या तीन पुगेको छ।

आइतवार पनि भारतको अम्बाला र हरियाणाबाट काम गरेर फर्किएका दुई जनालाई उच्च ज्वरो देखिएपछि कोरोना संक्रमणकाे आशंकामा अस्पताल भर्ना गरिएको थियो। कोरोना भाइरसको संक्रमण परीक्षणका लागि उनीहरुको नमूना काठमाडौँ पठाइएको छ। रिर्पोट आउन केही दिन लाग्ने चिकित्सकले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .