पाँचथरका पत्रकार कुमार खड्कामाथि हातपात भएको नेपाल पत्रकार महासंघले जनाएको छ।
महासंघ पाँचथर शाखाका कार्यसमिति सदस्यसमेत रहेका घाइते खड्काको झापास्थित विएण्डसी अस्पतालमा उपचार भई रहेको छ।
महासंघ पाँचथर शाखाका अनुसार यही माघ २३ गते बुधबार बेलुकी ८ः०० बजे पाँचथरस्थित कुम्मायक गाउँपालिका–१ यासोक बजारमा फोहोरमैला व्यवस्थापनका विषयमा भएको विवाद समाधानका लागि मध्यस्थता गर्ने क्रममा स्थानीय महेन्द्रबहादुर लावती र उनको छोरा चेतन लावतीले पत्रकार खड्कामाथि निर्घात कुटपिट गरेका हुन्।
114
Shares

प्रतिक्रिया