लुम्बिनी


प्रदेशसभामा सम्बोधन गर्न प्रधानमन्त्रीलाई निम्तो

प्रदेशसभामा सम्बोधन गर्न प्रधानमन्त्रीलाई निम्तो

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १६:५८, काठमाडौँ

लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएका छन्। आगामी फागुन ५ गते बस्ने प्रदेशसभाको बैठकमा विशेष सम्बोधनका लागि  ओलीलाई निम्तो दिइएको हो।   

सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा पत्र पठाएका हुन्। लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको भनिएको छ। 

फागुन ५ गते दाङमा केपी ओलीको कार्यक्रम तय भइसकेको र  प्रदेशसभामा पनि विशेष सम्बोधनको समय मिलाइएको मुख्यमन्त्री आचार्यको भनाइ छ। यसबारे प्रधानमन्त्रीलाई जानकारी गराइसकिएको पनि मुख्यमन्त्रीले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad