समाज


प्रचण्डले भने- शिक्षकहरू आन्दोलनमा उत्रँदैछन्

प्रचण्डले भने- शिक्षकहरू आन्दोलनमा उत्रँदैछन्

नेपालखबर
माघ २४, २०८१ बिहिबार १५:३४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा शिक्षकसँग गरिएको सहमति कार्यान्वयन नहुँदा शिक्षकहरू आन्दोलनमा उत्रन लागेको बताएका छन्।

‘विगतमा शिक्षक लगायत विभिन्न आन्दोलनरत पक्षसँग गरिएको सहमति कार्यान्वयन नगर्दा उनीहरू आन्दोलनमा उत्रिँदै छन्,’ बिहीबारको संसद् बैठकमा बोल्दै उनले भने।

अघिल्लो साल असोजमा सरकारले संसद् सचिवालयमा दर्ता गरेको शिक्षा विधेयकलाई लिएर शिक्षकहरू आन्दोलनमा उत्रिएका थिए।

विधेयकको विरोधमा शिक्षकहरू काठमाडौँ केन्द्रित भएपछि त्यतिबेला देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको थियो।

आन्दोलनरत शिक्षकसँग तत्कालीन उपप्रधान तथा गृहमन्त्री रारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक राईले वार्ता गरेपछि सहमतिको वातावरण बनेको थियो।

सोही अनुसार शिक्षा ऐनमा परिमार्जन गर्नेसहितका ६ बुँदे सहमतिसहित शिक्षकहरूले आन्दोलन फिर्ता लिएका थिए।

सोही सहमति कार्यान्वयन नभएकोतर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले शिक्षकहरू आन्दोलनमा उत्रन लागेको बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad