समाज


सुर्ती र चुरोटका पूरै खोलमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने, मन्त्री पौडेलले ल्याए निर्देशिका

सुर्ती र चुरोटका पूरै खोलमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने, मन्त्री पौडेलले ल्याए निर्देशिका

नेपालखबर
माघ २३, २०८१ बुधबार २०:१७, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको पूरै भागमा चेतावनीमूलक सन्देश अनिवार्य गर्ने निर्देशिका स्वीकृत गरेका छन्।

यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा संशोधन गर्दै मन्त्री पौडेलले सुर्ती तथा चुरोटलगायतका पदार्थको अगाडि र पछाडिको शत प्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका हुन्।

‘क्यान्सरको उपचार मात्र हैन रोकथामका उपायको खोजी हाम्रो प्राथमिकता हो,’ मन्त्री पौडेलले भने, ‘चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौँ।’

नेपालमा हरेक वर्ष ३७ हजारको सुर्ती तथा चुरोट सेवनबाट ज्यान जाने गरेको मन्त्रालयको तथ्यांकमा छ।

सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, खोल, पेटी तथा पार्सल प्याकेजिङमा सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१ स्वीकृत भए पछि अब चुरोट र सुर्तीको अगाडि र पछाडिको पूरै भागमा असरसम्बन्धी चेतावनीमूलक चित्र छापिनेछ।  

मन्त्रालयका अनुसार, यस्तो चेतावनीका कारण थाइल्यान्ड ण्डमा ८५ प्रतिशतले धुम्रपान छाडेको एक अध्ययनले देखाएको छ। यो दर पाकिस्तान तथा म्यानमारमा पनि उच्च रहेको तथ्यांकहरुले देखाएका छन्। नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संशोधित निर्देशिकाले सुर्ती-चुरोटका प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगहरूमा कमी हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad