समाज


सामाजिक सञ्जालमार्फत आतंक फैलाएको भन्दै ७ जना पक्राउ

सामाजिक सञ्जालमार्फत आतंक फैलाएको भन्दै ७ जना पक्राउ

नेपालखबर
माघ २३, २०८१ बुधबार २०:२३, काठमाडौँ

ठगी गरेर सामाजिक सञ्जालमार्फत पीडितलाई आतंकित पार्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेको, समाजमा अशान्ति फैलाएको र आपराधिक क्रियाकलापपछि उल्टै पीडितलाई डर त्रासमा पारेको भन्दै अप्रेसन सुरु गरेको हो।

यस्ता गतिविधिमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ, गोपाल मोक्तान र गुणबहादुर गुरुङ रहेका छन्।

उनीहरुले ग्याङ देखाएर तरबार तथा हतियार प्रदर्शन गर्दै तरबारले केक काटेका भिडिओ टिकटक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। यस्ता घटनाले समाजमा अशान्ति फैलिने प्रहरीको बुझाई छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले आतंक सिर्जना गर्ने र गुण्डागर्दी गर्ने समूहविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए। 

यसका लागि अपराध अनुसन्धान कार्यालयले आपराधिक गतिविधिमा संलग्न समूहको पहिचान गर्दै विशेष टोली बनाएर अप्रेसन सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad