समाज


३७ एसपीको पदस्थापन: काठमाडौँमा चन्द, अपराध अनुसन्धानमा भट्ट

३७ एसपीको पदस्थापन: काठमाडौँमा चन्द, अपराध अनुसन्धानमा भट्ट

नेपालखबर
माघ २१, २०८१ सोमबार १३:१०, काठमाडौँ

नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ। बढुवा भएर आइतबार मात्रै दर्ज्यानी चिन्ह प्रदान गरिएका एसपीहरुलाई आज जिम्मेवारी प्रदान गरिएको हो।

आइतबार बेलुकाको निर्णय अनुसार प्रहरी महानिरीक्षकले एसपी पदस्थापनको निर्णय गर्दै केहीलाई काजमा अन्य कार्यालयमा खटाउने निर्णय गरेका छन्। 

पहिलो नम्बरमा बढुवा भएका एसपी कुलदिप चन्दलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ। तर उनलाई काजमा जिल्ला प्रहरी परिसर काठमाडौँमा खटाउने निर्णय भएको छ। योगेन्द्र सिंह थापा सरुवा भएकाले उनको स्थानमा चन्दलाई काजमा खटाइने भएको हो। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा मनोहर प्रसाद भट्टले जिम्मेवारी पाएका छन्। उनको पदस्थापन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा गर्ने निर्णय भएको छ। महेन्द्र कुमार श्रेष्ठको स्थानमा भट्टलाई काजमा खटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

दीपक गिरी ट्राफिक प्रहरी कार्यालय, युवराज खड्का सीआईबी र नवीन कार्की काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएका छन्। 

साइबर ब्युरोमा भेषराज रिजाल र मानव बेचबिखन अनुसन्धान ब्युरोमा रुगम बहादुर कुँवरलाई पदस्थापन गरिएको छ। 

हेर्नुहोस् पदस्थापन सूची:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad