ad ad

समाज


मास्क र सेनिटाइजर कालोबजारी गर्ने चार व्यापारी पक्राउ

मास्क र सेनिटाइजर कालोबजारी गर्ने चार व्यापारी पक्राउ

नेपालखबर
चैत ९, २०७६ आइतबार ३:५८,

मास्क र सेनिटाइजरको कालोबजारी गरेको आरोपमा चार व्यापारीलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रास बढिरहेको बेला मास्क र र सेनिटाइजर कालोबजारी गरिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मास्क कालोबजारी गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सुस्मिता मेडिकलबाट सर्लाहीको बरहथवा ननगरपालिका ८ बस्ने संजय साह पक्राउ परेका छन्। उनलाई गएको बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै सेनिटाइजर कालोबजारी गरेको आरोपमा जनकपुरको भमरपुराचोक स्थित अटल फार्मेसीबाट धनुषाको लक्ष्मीनिया गाउँपालिका ३ का २६ वर्षीय अनिल यादव र महोत्तरीको जलेश्वर नगरपालिका ६ वस्ने वर्ष ३० का प्रभन्स चौधरीलाई शक्रबार पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

त्यस्तै शनिबार जनकपुर ४ स्थित सम्पूर्ण मेडिकलबाट स्थानीय ३२ वर्षीय संजय साहलाई मास्कको कालो बजारी गरि रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाबाट जनकपुर स्थित बजार अनुगमनको गर्न संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .