डिल्लीबजार कारागारबाट १४ वर्षअघि भागेका कैदी पक्राउ परेका छन्।
ओखलढुंगाको लिखु गाउँपालिका– २, कुवापानी घर भई हाल काठमाडौँको गोंगबु बस्दै आएका ४५ वर्षीय पेसलराज बुढाथोकी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई बुधबार गोंगबुबाट नियन्त्रणमा लिएको हो। परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनी ०६७ साउन २९ मा डिल्लीबजार कारागारबाट भागेका थिए।
काठमाडौँ जिल्ला अदालतले २०६६ फागुन २५ गते वैदेशिक रोजगार ठगी मुद्दामा उनलाई दोषी ठहर गरी ३ वर्ष कैद र ३ लाख रूपैयाँ जरिवाना तोकेको थियो। त्यसै फैसलाअनुसार कारागार चलान भएका उनी त्यसको ५ महिनामै भागेका थिए। कारागारमा उनी नाइके थिए। प्रहरीका अनुसार, नाइकेको सुविधा दुरुपयोग गरी उनी भागेका थिए।
1.7k
Shares

प्रतिक्रिया