राजनीति


समाजवादी मोर्चाले चैत २४ मा सरकारविरुद्ध जनप्रदर्शन गर्ने

समाजवादी मोर्चाले चैत २४ मा सरकारविरुद्ध जनप्रदर्शन गर्ने

नेपालखबर
माघ १६, २०८१ बुधबार १६:०, काठमाडौँ

समाजवादी मोर्चाले आगामी चैत्र २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ। नेकपा (एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा हाल देखिएका सबै समस्याविरुद्धमा चैत्र २४ गते जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो।

बैठकले चैत्र पहिलो हप्ता मधेसमा जनप्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय भएको पनि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बताए। उनका अनुसार समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय भएको छ। त्यस्तै, समाजवादी मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीहरूलाई भित्र्याउन छलफल अघि बढाउने निर्णय भएको बताए।

बैठकले वर्तमान सरकार गणतन्त्रविरोधी रूपमा देखिएको निष्कर्ष निकालेको छ। बैठकले समाजवादी मोर्चालाई सुदृढ बनाउने, मधेस प्रदेशमा मोर्चामा सहभागी चार वटै राजनीतिक दललाई समाजवादी मोर्चा पुनःगठन गर्ने जिम्मा दिने र देशभर मोर्चा गठन गर्न बाँकी भएका ठाउँमा नेपाल समाजवादी पार्टीलाई संलग्न गरेर समाजवादी मोर्चा गठन गर्ने निर्णय भएको बताए।

बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले गरेको सहमति, डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग सरकारले गरेको सहमति र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णय भएको पनि जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad