समाज


प्रहरीमा ३७ जना एसपीमा बढुवा सिफारिस, कोको परे? (सूचीसहित)

प्रहरीमा ३७ जना एसपीमा बढुवा सिफारिस, कोको परे? (सूचीसहित)

नेपालखबर
माघ १२, २०८१ शनिबार ०:२८, काठमाडौँ

नेपाल प्रहरीमा ३७ जना नायब उपरीक्षकबाट उपरीक्षकमा बढुवा सिफारिस भएका छन्।

बढुवा समितिको शुक्रबार राति बसेको बैठकले अबेर प्रकाशित गरेको सिफारिस सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन्। 

त्यसपछि क्रमशः सुमीत खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट र दीपक गिरी छन्। 

त्यस्तै नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेबे, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ र प्रेमबहादुर शाही पनि बढुवा सिफारिसमा परेका छन्।

टेकबहादुर कार्की क्षत्री, फणिन्द्र प्रसाई, शरतकुमार थापा क्षत्री, युवराज खड्का, राजन चापागाई, किशोरकुमार श्रेष्ठ र मुकुन्दप्रसाद रिजाल पनि पदोन्नतिको सूचीमा परेका छन्।

पवनकुमार भट्टराई, रवीन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुमेश तण्डुकार, दधिराम न्यौपाने, नवीन कार्की, श्यामकुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाधोकी, नवराज मल्ल, डिल्लीनारायण पाण्डेय, लालध्वज सुवेदी र रूगमबहादुर कँवरको बढुवा हुने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad