समाज


भक्तपुरमा कारको पछाडि मोटरसाइकल ठोकिँदा २३ वर्षीया युवतीको मृत्यु

भक्तपुरमा कारको पछाडि मोटरसाइकल ठोकिँदा २३ वर्षीया युवतीको मृत्यु

नेपालखबर
माघ १०, २०८१ बिहिबार ८:४७, काठमाडौँ

भक्तपुरमा कारको पछाडि मोटरसाइकल ठोकिँदा गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा उनकी तीन वर्षीया छोरी घाइते भएकी छन्।

भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई पेप्सीकोलामा बस्दै आएका २९ वर्षीय राजु राईकी श्रीमती २३ वर्षीया सपना राईको दुर्घटनामा मृत्यु भएको हो। 

जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार गएको सोमबार मध्यपुरथिमी नगरपालिका-२ दिव्येश्वरीमा पेप्सीकोलाबाट मगरगाउँतर्फ जाँदै गरेको बाप्र ०१–०२७ च ९२७ नम्बरको कारको पछाडि सोही दिशातर्फ जाँदै गरेको बा-५० प– ७४१ नम्बरको मोटरसाइकल ठोकिँदा सपना घाइते भएकी थिइन्। 

‘श्रीमती र तीन वर्षीय छोरीलाई पछाडि राखेर राजुले नै मोटरसाइकल चलाउँदा दुर्घटना भएको हो,’ प्रहरी निरीक्षक पौडेलले भने, ‘गम्भीर घाइते सपनालाई उपचारका लागि तुरुन्तै काठमाडौँ मेडिकल कलेज पुर्‍याइएको थियो। उपचारकै क्रममा बुधबार साँझ उनको मृत्यु भएको जानकारी आएको छ।’

दुर्घटनामा घाइते भएकी सपनाकी छोरी ईश्वरी राई भने उपचारपछि डिस्चार्ज भएकी छन्। प्रहरीले कार चालक बुढानीलकण्ठ–४ का कृष्णप्रसाद गौतमलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad