प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशन बोलाउने विषयमा सभामुखसँग छलफल गरेका छन्।
सभामुख सचिवालय स्रोतका अनुसार सोमबार बालुवाटारमा भएको भेटमा ओलीले सभामुख देवराज घिमिरेसँग संसद्को हिउँदे अधिवेशनबारे कुराकानी गरेका हुन्।
संसद् अधिवेशन तत्काल नबोलाए विशेष अधिवेशन माग गर्ने भन्दै विपक्षी दलले सरकारमाथि दवाब बढाएका थिए।
माघ १८ गतेका लागि संसद् बैठक बोलाउनेगरी सरकारले तयारी गरिरहेको छ। सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने ठानिएको छ।
गत भदौ ३१ गते संसद्को वर्षे अधिवेशन अन्त्य भएको थियो।
231
Shares

प्रतिक्रिया