समाज


काठमाडौं आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

काठमाडौं आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

नेपालखबर
असार २०, २०७६ शुक्रबार २:४७,

मुग्लिन-नारायणगढ सडकअन्तर्गत चितवनमा आज (शुक्रबार) बिहान ट्रक त्रिशूली नदीतर्फ भीरमा खस्दा दुई जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार ट्रक नदीमा नपुगी बीचमै भीरमा अड्किएको छ।

सर्लाहीबाट इँटा लिएर काठमाडौं आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक बिहान पौने ६ बजेतिर चितवनको इच्छाकामना–३ तुम्लिङटार नजिकबाट नदीतर्फ खसेको प्रहरीले जनाएको छ।

दुर्घटनमा २  जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।

दुर्घटनमा ट्रकका सह-चालक सर्लाही बरहथवाका १९ वर्षीय बालकिशोर यादवको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले नेपालखबरलाई जानकारी दिए।

डीएसपी कोइरालाका अनुसार अर्का एक जनाको भने परिचय खुल्न बाँकी छ।

यस्तै दुर्घटनामा घाइते भएका ट्रक चालक सर्लाहीकै २४ वर्षका दीपेन्द्र शाहको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad