समाज


हुम्लामा नुन बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

हुम्लामा नुन बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

नेपालखबर
माघ ६, २०८१ आइतबार १६:०, सिमकोट (हुम्ला)

हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

चङ्खेली गाउँपालिका–१ दर्बिस्थित बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु४त ७७२० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाका ३५ वर्षीय तुले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए।

चौध क्विन्टल अनुदानको नुन ढुवानी गरेर गइरहेको ट्र्याक्टर दुर्घटना हुँदा बोहराको घटनास्थलमै मृत्यु भएको उनले बताए।

दुर्घटनामा परी घाइते हुनेमा चङ्खेली–१ का ४० वर्षीय मानबहादुर बोहरा रहेका बताउँदै उहाँको टाउको र छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए।

सोही वडाका ४५ वर्षीया धना बोहरा, १० वर्षीया चरी बोहरा घाइते भएका छन्। धनाको टाउको र चरीको शरीरका विभिन्न भागमा चोट लागे पनि उहाँहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्र्याक्टर मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१४ का २६ वर्षीय हिराबहादुर बडुवालले चलाएका थिए। चालक बडुवाल दुर्घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
ट्र्याक्टर चालिस मिटर तल खसेको थियो। मिमी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक वीरबहादुर चन्दको कमाण्डमा खटिएको छ जना प्रहरीको टोलीले घाइतेको उद्धार गरी अस्पताल पुर्‍याएको हो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad