समाज


प्रकाश तामाङको घर निर्माण सम्पन्न, भोलि हस्तान्तरण गर्ने तयारी

प्रकाश तामाङको घर निर्माण सम्पन्न, भोलि हस्तान्तरण गर्ने तयारी

नेपालखबर
माघ ६, २०८१ आइतबार १६:७, काठमाडौँ

‘हेर्ने कथा’बाट चर्चामा आएका भोजपुरका प्रकाश तामाङका लागि घर निर्माण सम्पन्न भएको छ।

पूर्वमन्त्री एवं सांसद सुदन किरातीको पहलमा गत भदौमा घर निर्माण थालिएको थियो। भूतपूर्व गोर्खा सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईले दिएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर समितिले घर निर्माण गरेको हो। 

भोजपुरको षडानन्द नगरपालिका-१० मा पाँचकोठे घर निर्माण सम्पन्न भएपछि सोमबार उक्त घर प्रकाशलाई हस्तान्तरण गरिने भएको हो। सांसद किरातीको उपस्थितिमा उक्त घर प्रकाशलाई हस्तान्तरण गरिने बताइएको छ। 

गेसोका पूर्वअध्यक्ष राईले दिएको करिब १५ लाख मूल्य बराबरको उक्त जमिन ७ रोपनी क्षेत्रमा फैलिएको छ। करिब ३३ वर्ष हराएका प्रकाश हेर्ने कथाको माध्यममार्फत घरपरिवारसम्म आइपुगेका थिए। 

प्रकाश हराएर लामो समय बसेको गोरखाको चुमनुव्री गाउँपालिकास्थित चेकमपारबाट सदाका लागि घर फर्किएका थिए। त्यसपछि उनी भोजपुरको षडानन्द नगरपालिका, छाप्लेगाउँस्थित घरमा बाबुआमासँग बस्दै आएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad