सरकारले शुुक्रबारदेखि कैदीबन्दी भेट गर्न पूर्णरुपमा राेक लगाएको छ।
यसअघि अत्यावश्यक काममा मात्रै आफन्त तथा वकिललाई भेट गर्न दिइएकोमा शुक्रबारदेखि कसैलाई पनि भेट गर्न नदिइने कारागार व्यवस्थापन विभागका सुचना अधिकारी देवर्षी सापकोटाले जानकारी दिए।
शुक्रबार विभागले सबै कारागारमा यस्तो परिपत्र गरेको छ। कारागारभित्रै रहेका कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत कैदीबन्दीसँग दूरी कायम गर्न भनिएको छ। कारागारभित्र औषधी लगायतका अत्यावश्यक सामग्री लैजााँदा समेत सावधानी अपनाउन भनिएको छ।
करागारमा भ्रमपूर्ण हल्लाबाट सचेत रहन र बच्ने उपायका बारेमा कैदीलाई जानकारी दिन विभागले निर्देशन दिएको छ। विभागको पछिल्लो तथ्यांक अनुसार कारागारमा २५ हजार १ सय ३७ जना कैदी रहेका छन्।
सरकारले गम्भीर अपराध बाहेकका कैदीलाई छाड्ने समेत तयारी थालेको छ।
Shares
प्रतिक्रिया