ad ad

कारोबार


भारतका तीनवटै सहरमा निगमको उडान स्थगित

भारतका तीनवटै सहरमा निगमको उडान स्थगित

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ८:१४,

नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडानहरु आगामी आइतबारदेखि लागू हुने गरी स्थगित गरेको छ।

निगमले विज्ञप्ति जारी गर्दै तीनवटा सहरमा भइरहेको नियमित उडान सात दिनका लागि स्थगित गरेको जनाएको हो।

डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्वारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचनाअनुसार ती गन्तव्यको नियमित उडानहरु हाल चैत १६ गतेसम्मका लागि स्थगित गरिएको छ।

चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइनेछ।

निगमले यसअघि जापान र यूएईलगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा पनि उडान रद्द गरिसकेको छ। निगमकाे जहाजले अझैसम्म हङकङ र थाइल्यान्डकाे बैंककमा भने उडान भइरहेकाे निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .