समाज


रुपन्देहीमा एक मजदुरद्वारा अर्का मजदुरको हत्या, आरोपी पक्राउ

रुपन्देहीमा एक मजदुरद्वारा अर्का मजदुरको हत्या, आरोपी पक्राउ

नेपालखबर
माघ ४, २०८१ शुक्रबार ९:५६, काठमाडौँ

रुपन्देहीमा एक मजदुरले अर्का मजदुरको हत्या गरेका छन्। सियारी गाउँपालिका–७ हिरागञ्जमा रहेको न्यु कामना इँटा उद्योगमा कार्यरत भारतीय नागरिकको नेपाली मजदुरको कुटपिटबाट मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारतको गोरखपुर घर भएका करिब ४० वर्षीय निष्ठुरी केबट छन्। 

‘उनी पत्नी, दुई छोरा र दुई छोरीलाई साथमै राखेर इँटा भट्टामै बस्दै आएका रहेछन्,’ डीएसपी कार्कीले नेपालखबरसँग भने, ‘गएराति करिब नौ बजे सोही उद्योगको ट्याक्टर चलाउने युवकले आपसी झैझगडामा इँटाले प्रहार गर्दा उनको मृत्यु भएको हो।’

कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका –६ घर भएका २० वर्षीया कृष्ण केवटलाई पक्राउ गरेको छ। 

कुटपिटबाट गम्भीर घाइते भएका केबटको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो। 

मादक पदार्थ खाएपछि उनीहरुबीच झैगडा भएको र त्यही क्रममा कृष्णले निष्ठुरी केवटलाई छाती र टाउकोमा इँटाले प्रहार गरेका प्रत्यक्षदर्शीहरुले बताएका छन्। 

प्रहरीले घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad