वैदेशिक रोजगारका लागि बेरोजगार युवायुवतीहरूलाई विभिन्न देश पठाउने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तनहुँको बन्दिपुर गाउँपालिका–२ घर भइ हाल काठमाडौं बस्ने वर्ष २३ की सन्जिता गुरुङ र ५० वर्षीय रेशम राज लामिछाने रहेका छन्।
सञ्जिताले यूके लैजाने भन्दै २ जनाबाट ६० लाख ८९ हजार रुपैयाँ र लामिछानेले दुबई लैजाने भन्दै ११ जनाबाट २४ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरूले पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीको भनाई छ। पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
234
Shares

प्रतिक्रिया