समाज


हिउँ र पानी पार्ने प्रणाली भित्रिँदै, सतर्कता अपनाउन सुझाव

हिउँ र पानी पार्ने प्रणाली भित्रिँदै, सतर्कता अपनाउन सुझाव

फाइल तस्बिर: कर्णाली


नेपालखबर
माघ २, २०८१ बुधबार २०:१५, काठमाडौँ

आज (बुधबार) राति देशको पश्चिम क्षेत्रमा पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने र त्यसको प्रभावले बिहीबार रातिसम्म हिमपात र वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार बिहिबार रातिसम्म कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ। 

शुक्रबारदेखि मात्र मौसममा सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

हेर्नुहोस् सूचना-

आज राति यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना
सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रका पनि थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रका पनि एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

यसैगरी कर्णाली प्रदेशको हिमाली क्षेत्रका केही स्थान र गण्डकी प्रदेशको पनि हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

साथै  बागमती र कोसी प्रदेशका पनि हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले उल्लेख गरेको छ। 

विस्तृतमा तल (स्रोत: मौसम पूर्वानुमान महाशाखा)-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad