ad ad

समाज


निर्भया बलात्कार काण्डका चारै दोषीलाई भारतमा शुक्रबार बिहानै मृत्युदण्ड

निर्भया बलात्कार काण्डका चारै दोषीलाई भारतमा शुक्रबार बिहानै मृत्युदण्ड

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १:२७,

निर्भया बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारतमा मृत्युदण्ड दिइएको छ।

मुकेश सिंह, विनय शर्मा, अक्षय कुमार सिंह र पवन गुप्तालाई दिल्लीको एक जेलमा फाँसीमा झुंड्याएर मृत्युदण्ड दिइएको हो।

दोषीहरुलाई मृत्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जित भएको प्रतिक्रिया दिएकी अन्तर्राष्ट्रिय समाचार एजेन्सी पीटीआईले जनाएको छ।

चारैजनालाई दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको हो।

सात वर्षसम्म चलेको लामो कानुनी लडाइपछि दोषीहरुलाई आज बिहानै मृत्युदण्ड दिइएको हो। यसअघि पटक पटक मृत्युदण्डको मिति सारिँदै आएको थियो।

१६ डिसेम्बर सन् २०१२ मा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कारपछि हत्या गरेका छन्।

बलात्कारमा संलग्न प्रमुख आरोपी राम सिंहले पक्राउपछि जेलमा आत्महत्या गरेका थिए भने एक एक आरोपी नाबालिग साबित भएपछि उनलाई सुधारगृह पठाइएको थियो। सन् २०१५ मा उनी सुधारगृहबाट रिहा भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .