विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।
शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १० हजार ३५ जनाले ज्यान गुमाएका छन्।
कोरोनाको उद्गम थलो चीनमा भन्दा यसको संक्रमणबाट इटालीमा धेरैले ज्यान गुमाएका छन्। कोरोना भाइसका कारण इटालीमा अहिलेसम्म ३४ सय पाँच जनाले ज्यान गुमाइसकेका छन्।
बिहीबार एकैदिन इटालीमा ४ सय २७ जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ। चीनमा अहिलेसम्म कोरोनाबाट ३२ सय ४९ जनाको मात्रै ज्यान गएको छ।
१२ मार्चदेखि इटालीमा मानिसलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। तर, संक्रमणका कारण हुने मृत्युदर भने घटेको छैन।
शुक्रबार बिहानसम्म कोरोनाबाट विश्वभरि २ लाख ४४ नौ सय ९७ जना संक्रमित भएका छन्। ८७ हजार चार सय ८ जना संक्रमित उपचारपछि निको भएका छन्।
प्रतिक्रिया