समाज


रविको थुनछेक बहस सुरु भएन, इजलासमा सवाल-जवाफ

रविको थुनछेक बहस सुरु भएन, इजलासमा सवाल-जवाफ

नेपालखबर
पुस २८, २०८१ आइतबार १५:५७, काठमाडौँ

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा रहेको सहकारी ठगीसम्बन्धी मुद्दामा आज बहस नहुने भएको छ। 

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सकिएपछि रविका कानुन व्यवसायी र न्यायाधीशबीच केहीबेर सवालजवाफ चलेको थियो। 

रवि पक्षधर कानुन व्यवसायीले बहस नसकिए न्यायिक हिरासतमा नपठाएर आफ्नो वा परिवारको जिम्मा लगाउन माग गरेका थिए। रविका तर्फबाट कानुन व्यवसायीहरू सुशील पन्त र रमन श्रेष्ठ इजलासमा थिए। उनीहरूले रवि ‘भागेको वा प्रहरीले खोजिरहेको अभियुक्त होइन, हाम्रै वा परिवारको जिम्मा लगाइदिन’ आग्रह गरेका थिए।

तर न्यायाधीश अधिकारीले भने इजलासले सबैलाई समान व्यवहार गर्नुपर्ने, कसैलाई छाड्ने र कसैलाई थुन्ने आदेश गर्न नसक्ने बताएका थिए।

रविले पनि बहस आजै सकिदिन वा नभए परिवारकाे जिम्मा लगाइदिन आग्रह गरेका थिए।

यसैबीच सरकारी वकिलले बयान पढ्ने समय मागेपछि आज बहस नहुने भएको हो। त्यसअघि लामिछानेले आफै उपस्थित भएर अदालतमा बयान दिएका थिए। 

रविलाई  थुनामा पठाउने कि कसैको जिम्मामा छाड्ने भन्ने विषयमा भने निर्णय गर्न बाँकी छ। रवि पक्षका वकिलले आफ्नो वा परिवारको जिम्मा दिन माग गरेका छन्। 

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ।

पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ अदालतमा आफै उपस्थित हुन पुगेका थिए। 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad