समाज


रविविरुद्ध यी दुई सरकारी वकिलले बहस गर्ने, न्यायाधीश मिसिल पढ्दै

रविविरुद्ध यी दुई सरकारी वकिलले बहस गर्ने, न्यायाधीश मिसिल पढ्दै

नेपालखबर
पुस २८, २०८१ आइतबार १५:२०, काठमाडौँ

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस गर्दै छन्। उनीहरू अहिले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उपस्थित भइसकेका छन्।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ।

यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन्। मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन्।

पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आज काठमाडौँ अदालतमा आफै उपस्थित हुन पुगेका हुन्। न्यायाधीश अधिकारीको इजलासमा उनको बयान सकिइसकेको छ।

अहिले न्यायाधीश अधिकारी इजलासमा मिसिल अध्ययन गर्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad