समाज


काठमाडौँमा पनि रविका पक्षमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ताद्वय श्रेष्ठ र पन्त

काठमाडौँमा पनि रविका पक्षमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ताद्वय श्रेष्ठ र पन्त

पूर्वमहान्यायाधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्त


नेपालखबर
पुस २८, २०८१ आइतबार १४:३५, काठमाडौँ

जिल्ला अदालत काठमाडौँमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्ने भएका छन्।  

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा पनि उनीहरूले रविका पक्षमा बहस गरेका थिए।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज रविले बयान दिएका थिए।

बयान सकिएकाले आजै थुनछेक बहस हुँदै छ। जसमा पूर्वगृहमन्त्री रवि लामिछानेका पक्षबाट पूर्वमहान्यायाधिवक्ता श्रेष्ठ र पन्तले बहस गर्ने भएका हुन्। 

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएपछि पुस २६ गते साँझ काठमाडौँ आइपुगेका रवि भोलिपल्ट आइतबार बिहानै काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका थिए। 

स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ।

ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad