कारोबार


साताको पहिलो दिन २५ अंकले घट्यो नेप्से, लगानीकर्ताले कारोबार पनि खुम्च्याए

साताको पहिलो दिन २५ अंकले घट्यो नेप्से, लगानीकर्ताले कारोबार पनि खुम्च्याए

नेपालखबर
पुस २८, २०८१ आइतबार १५:३०, काठमाडौँ

साताको पहिलो कारोबार दिनमा नेप्से दोहोरो अंकले घट्दा लगानीकर्ताले लगानीलाई खुम्च्याएका छन्।

आइतबार सेयर बजार परिसूचक नेप्से २५‍.४१ अंकले घटेर २६०९.६७ अंकमा आइपुग्दा लगानीकर्ताले ३ अर्ब ९९ करोडको मात्रै कारोबार गरेका हुन्।

यो दिन कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य घटेको छ भने सबै समूहको उपसूचक समेत घटेका छन्।

कुल कारोबारमा आएका ३०१ वटा कम्पनी मध्ये १९३ वटा कम्पनीको मूल्य घट्दा ४४ वटाको मात्रै बढेको हो। बढ्नेमा वीन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको हो।

अन्य कम्पनीको भने मूल्यमा ४ प्रतिशत भन्दा थोरैको बृद्धि देखिएको छ।

घट्नेमा भने आज न्यादी हाइड्रोपावर अगाडि छ। यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको हो।

कारोबारमा भने आज अगाडि एनआरएन इन्फ्राइन्ट्रक्चर र सिन्धु विकास बैंक अगाडि छन्। यी दुवै कम्पनीको क्रमशः २० करोड र १८ करोडको कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad