सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरुको भूमिका प्रमुख हुने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलहरुले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताए।
उनले थपे, ‘दल आफैँ यस्तो साधन हो जो, आम जनतालाई ठिक दिशामा लैजानसक्छ र जनताका अभिमतहरुलाई ठिक ढंगबाट अभिव्यक्त गर्ने र त्यसलाई निर्णयमा पुर्याउने र परिणाम दिने कामको साधक बनेर जानसक्छ। तर उ आफैँ लोकतान्त्रिक विधिअन्तर्गत बनेको छैन, उसको प्रणालीहरु लोकतान्त्रिक छैनन्, उसले सूचना सम्बन्धीको कामलाई व्यवस्थित गर्नको लागि आफूलाई नै त्यसरी व्यवस्थित गरेको छैन भने यसमाथि प्रश्न उठ्नु स्वभाविक छ।’
Shares

प्रतिक्रिया