समाज


जब ६२ वर्षीय पुरुषले एकाएक नारायणी नदीमा हाम फाले

जब ६२ वर्षीय पुरुषले एकाएक नारायणी नदीमा हाम फाले

नेपालखबर
असार ४, २०८३ बिहिबार १२:४३, काठमाडौँ

पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–२ बाट नारायणी नदीमा हाम फालेका एक बृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

नवलपरासी पूर्वको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षिय झनक प्रसाद पौडेलको उद्धार गरिएको हो।

उनले नदीमा फाल हानेलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट  खटिएको टोलीले पाैडेललाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो। 

उद्धार पश्चात उनलाई उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको छ। उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। उनले नदीमा फाल हान्नुको कारण भने खुलेको छैन।
    

त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदिको बीच भागमा अड्कीएका एक युवकको असार ४ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। 
    
सोही गाउँपालिका–१ लिस्ती बस्ने २३ बर्षिय संजिव बिकलाई नदीले बगाएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदीको बिच भागमा रहेको ढुङ्गामा अड्कीएको अवस्थामा उद्धार गरेको हो। 

उद्धार पश्चात उनलाई उपचारको लागी धुलिखेल अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad