समाज


रवि आजै रिहा हुने, परिवारको जिम्मा लगाउने प्रहरीको तयारी

रवि आजै रिहा हुने, परिवारको जिम्मा लगाउने प्रहरीको तयारी

नेपालखबर
पुस २५, २०८१ बिहिबार २०:३०, काठमाडौँ

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीलेले धरौटीमा छाड्ने आदेश दिएपछि रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले आजै रिहा गर्ने भएको छ।

पोखरास्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात प्रहरीले प्रक्रिया पुर्‍याएर लामिछानेलाई परिवारको जिम्मा लगाउने तयारी गरिरहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।

काठमाडौं लगायतका अन्य जिल्लामा दर्ता भएको मुद्दा प्रक्रियाको लागि लामिछाने स्वयं अदालतमा उपस्थित हुन मिल्ने सर्तमा छाड्ने तयारी भइरहेको बताए उनले बताए।  

कास्की अदालतको आदेशलाई सम्मान गर्दै काठमाडौं अदालतमा आफै हाजिर हुने सर्तमा कास्की प्रहरीले उनलाई छाड्न लागेको बुझिएको छ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहितका सातै जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। रविसँग अदालतले ६५ लाख रुपैयाँ धरौटी बुझाएर छाड्न आदेश दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad