श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले दक्षिण कोरिया जानका लागि परीक्षा उत्तीर्ण गरी रोष्टरमा रहेका सबै नेपाली लाई पठाउनका पहल गरिदिन नेपालस्थित कोरियाका राजदूतसँग आग्रह गरेका छन्।
बिहीबार मन्त्रालयमा राजदूत पार्क तेइ योङ्गसँग शिष्टाचार भेट गर्दै परीक्षार्थीको सीप विकासमा समेत कोरिया सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए। ‘भेटघाटका क्रममा मन्त्री भण्डारीले दक्षिण कोरिया जानका लागि परीक्षा उत्तीर्ण गरी रोष्टरमा रहेका सबै नेपाली लाई पठाउन र आगामी दिनमा कामदारको माग संख्या बढाउनका लागि पहल गर्नुपर्ने बताउनुभयो,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरिया भाषा परीक्षा उतीर्ण गरेका, तयारीमा रहेका, विगतमा रोष्टरमा नाम परेका तर कोरिया जान नपाएका व्यक्तिहरु समेत लाई लक्षित गरी आगामी दिनमा विशेष व्यवस्था गर्नुपर्ने र सो कार्यका लागि सीप विकासमा कोरिया सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो।’
त्यस्तै भेटकाक्रममा नेपाल र दक्षिण कोरियाबीच ईपीएस प्रणाली अन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने लगायतका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया