समाज


भारतमा कोरोनाबाट जोगिने आशले गहुँत पिउँदा एक व्यक्ति बिरामी

भारतमा कोरोनाबाट जोगिने आशले गहुँत पिउँदा एक व्यक्ति बिरामी

नेपालखबर
चैत ६, २०७६ बिहिबार १०:५९,

कोरोना भाइरसबाट बचाउने भन्दै गहुँत खुवाउने भारतीय जनता पार्टीका एक नेतालाई भारतको पश्चिम बंगाल राज्यको कोलकातामा प्रहरीले पक्राउ गरेको छ।

उनले गहुँत खुवाएका एक व्यक्ति भने बिरामी परेर अस्पताल भर्ना भएका छन्।

भाजपा नेता नारायण चटर्जीले सोमबार गाईको पूजा गर्ने कार्यक्रम राखेका थिए। त्यहाँ उपस्थित सबैलाई उनले गहुँत सेवन गराएका थिए।

तर, पहिलो पटक गहुँत खाएका पिन्टु प्रमानिक नामक व्यक्ति भने बान्ता हुने, रिंगटा लाग्ने समस्या लिएर मंगलबार अस्पताल भर्ना भएको द टाइम्स अफ इन्डियाले जनाएको छ।

अस्पतालबाटै प्रमानिकले चटर्जीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।

त्यसपछि प्रहरीले ती भाजपा नेतालाई पक्राउ गरेको हो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad