काठमाडौंबाट अवैध अनतर्राष्ट्रिय कल बाइपास गर्ने एक भारतीय पक्राउ परेका छन्।
काठमाडौंको टेंगाल, नरदेबी स्थित तुल्सी महर्जनको घरमा कोठा भाडामा लिई अवैध बाइपास गरिरहेका ३५ वर्षीय प्रशान्त साहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।
उनको साथबाट कल बाइपासमा प्रयोग हुने विभिन्न उपकरण बरामद गरिएको पनि प्रहरीले जनाएको छ।
तुल्सी महर्जनको घरमा प्रति महिना १५ हजार रुपैयाँमा कोठा भाडामा लिई कल बाइपास गरिरहेका साहले त्यसमा प्रयोग हुने सम्पुर्ण उपकरण भारतबाटै ल्याएको पनि प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया