समाज


बाँसबारीको जग्गामा चौधरी समूहले छाड्यो दाबी, सर्वोच्चबाट रिट फिर्ता

बाँसबारीको जग्गामा चौधरी समूहले छाड्यो दाबी, सर्वोच्चबाट रिट फिर्ता

फाइल तस्बिर


नेपालखबर
पुस २३, २०८१ मंगलबार १७:४०, काठमाडौँ

बाँसबारी छालाजुत्ता कारखानाको जग्गामा चौधरी समूहले आफ्नो हकदाबी छाडेको छ।

चौधरी समूहको भोगचलनमा रहेको बाँसबारीस्थित जग्गा सरकारका नाममा ल्याउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट उक्त समूहले फिर्ता लिएको हो।

सीजी चाँदबागका तर्फबाट अध्यक्ष सञ्जयकुमार ठाकुरले दुईवटा रिट निवेदन फिर्ता लिन निवेदन थिएका थिए। उक्त निवेदनमा मंगलबार न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले सुनुवाइ गरी ‘मागबमोजिम हुने’ आदेश गरेको छ।

सरकारले यसअघि नै बाँसबारीको जग्गा उक्त समूहका नामबाट लगत कट्टा गरी सरकारीकरण गरिसकेको छ।

यस विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेका छन्। 

उक्त समूहमाथि बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोप लागेपछि ब्युरोले सीजी चाँदबागका अध्यक्ष ठाकुर, कम्पनीका सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेर बयान लिएको थियो। सांसद विनोद चौधरीसँग पनि जिल्ला सरकारी वकिल कार्यालयमा सोधपुछ गरिएको थियो। बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले सरकारको सम्पत्ति लिनुपर्ने कुनै कारण नरहेको र तत्कालीन सरकारले स्टन्ट गरेको प्रतिक्रिया दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad