समाज


सिन्धुलीको हरिहरपुरगढीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

सिन्धुलीको हरिहरपुरगढीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

नेपालखबर
पुस २२, २०८१ सोमबार १२:५०, काठमाडौँ

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ जखौलीस्थित सडकमा बोलेरो दुर्घटना हुँदा त्यसमा सवार एक जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार ना.३ च ५९७६ नम्बरको बोलेरो अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा हरिहरपुरगढीका २० वर्षीय कैलाश राईको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका बोलेरोमा सवार २ जनाको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचार भइरहेको बताइएको छ। 

बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad