धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदय कुमार बरबरियासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
तत्कालीन नगर प्रमुख बरबरिया यादव, उप प्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव, सुशासन समितिका संयोजक कन्हैया मुखिया, प्रमुख प्रशासकीय अधिकृत राम किशोर महतो, इन्जिनियर संजय यादव, वडा अध्यक्ष तनुकलाल कुसियत यादव, योजना शाखा प्रमुख विन्देश्वर यादवउपरविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसला आयोगलाई चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरेको हो।
उनीहरूले फिल्डमा नगरेको कामलाई समेत भएको भनी कम कामलाई बढी काम भएको देखाई गलत अनुगमन प्रतिवेदन तयार पारी बढी भुक्तानी गरेको अख्तियारको ठहर छ।
अख्तियारले निजहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानासमेत हुन माग गरेको थियो।
उनीहरू विरुद्ध अख्तियारले २ लाख १२ हजार ८१६ रुपैयाँ २३ पैसा बिगो कायम गरी विशेष अदालतमा दायर गरेको मुद्दामा विशेषले २०८० फागुन १६ गतेको फैसलाबाट सफाई दिएको थियो।
Shares

प्रतिक्रिया