राजनीति


माओवादीले पार्टी एकताबारे उच्चस्तरीय कार्यदल गठन गर्ने

माओवादीले पार्टी एकताबारे उच्चस्तरीय कार्यदल गठन गर्ने

नेपालखबर
पुस २१, २०८१ आइतबार १७:४९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले अन्य पार्टीहरुसँग एकताका लागि वार्ता गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने भएको छ। 

आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं पूर्ण  बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो प्रस्ताव गरेका हुन्। 

‘सम्भव हुने निकट श्क्तिहरुसॅग एकता र त्यो नभए संयुक्त मोर्चा बनाएर काम गर्ने,’ प्रचण्डको प्रस्ताव छ। 

माओवादीले नेत्रविक्रम चन्द ‘विप्लव’, नेतृत्वको नेकपा, नेपाल समाजवादी पार्टी लगायतसँग एकताको छलफल चलाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad