कोरोना भाइरस ‘कोभिड–१९’ को प्रकोप विश्वव्यापी बन्दै जाँदा अस्ट्रेलियाले शुक्रबारदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।
स्थानीय समयअनुसार शुक्रबार राति ९ बजेदेखि भ्रमण प्रतिबन्ध लागू हुने भएको छ।
बिहीबार प्रधानमन्त्री स्कट मरिसनले विश्वलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन्। अस्ट्रेलियामा बिहीबारसम्म ६३६ कोरोनाकाबाट संक्रमित बनेका छन्।
हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। एकैदिन ४० जनाले संक्रमित बढेपछि अस्ट्रेलिया सरकारले कडा नियम लागू गरेको हो।
यसैबीच न्युजिल्यान्डले पनि विदेशीलाई भ्रमण प्रतिबन्ध लगाएको छ।
प्रतिक्रिया