काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बुधबार) हिजो (मंगलबार) को भन्दा घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियसमा झरेको हो। हिजो यो तापक्रम मंगलबार ५.४ डिग्री सेल्सियस थियो।
त्यसो त हरेक दिन तापक्रम थोरै तलमाथि भइरहने मौसमविद् बताउँछन्।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्याे भने न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा रह्यो भने घट्छ। यसको ठीक उल्टो दिउँसो बादल लाग्यो भने घाम लाग्न नपाउने भएकाले अधिकतम तापक्रम घट्छ भने मौसम सफा भई आकाश खुल्यो भने बढ्छ।
२४ घण्टामा सबैभन्दा कम भएको तापक्रमलाई न्यूनतम र सबैभन्दा माथि उक्लिएको तापक्रमलाई अधिकतम भनिन्छ।
सामान्यतया हरेक दिन न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम ५:४५ बजे मापन हुन्छ।
हेर्नुहोस् काठमाडौँसहित देशका विभिन्न स्थानको तापक्रम विवरण- (न्यूनतम आजैका हुन् अधिकतम हिजोका)

Shares

प्रतिक्रिया