साई स्वागत सहकारीको ठगी आरोपमा पक्राउ परेका अध्यक्ष र कोषाध्यक्ष रिहा भएका छन्।
अध्यक्ष भरत जंगम र कोषाध्यक्ष लुमन दाहाल रिहा भएका छन्। उनीहरुलाई हाजिरि जमानीमा गएको साता नै रिहा गरिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।
जंगमको स्वास्थ्य जाँचका लागि सुरुमा वीर अस्पताल लगिएको थियो। वीरबाट अर्भिक अस्पताल लगेर हाडको सर्जरी गरिएको थियो। सर्जरीपछि उनीहरुलाई प्रहरीले रिहा गरेको हो।
त्यहीबिचमा पीडितसँग मिलापत्र पनि भएको थियो। पीडितलाई रकम फिर्ता गर्ने प्रतिवद्धता उनीहरुले गरेका छन्।
पुस ७ गते जंगम र दाहाललाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो। सहकारी ठगीको मुद्दामा जुनसुकै तहमा पनि मिलापत्र गर्न सक्ने व्यवस्था नयाँ व्यवस्था सरकारले गरेको थियो।
843
Shares

प्रतिक्रिया