युनाइटेड नेपाली डायस्परा अर्गनाइजेसन (यूएनडीओ)को नयाँ कार्यसमिति चयन भएको छ।
शनिबार र आइतबार काठमाडौंमा भएको सम्मेलन तथा साधरणसभामा सोनाम लामा नेतृत्वको कमिटी चयन भएको हो।
गैरआवासीय नेपाली संघमा विवाद भएसँगै पूर्व अध्यक्ष शेष घले संरक्षक रहेर १ वर्षअघि नयाँ संस्था दर्ता भएको थियो। त्यसको संयोजक थिए सोनाम लामा। उनी गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष समेत हुन्।
महासचिव कुशल केसी ओसिस एजुकेसन अष्ट्रेलियाका संस्थापक तथा सीईओ हुन्।
संघले काठमाडौंमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो। दुसित प्रिन्सेस होटलमा भएको कार्यक्रमलाई घलेकै एमआईटी ग्रुपले सहयोग गरेको छ।
सम्मेलनमा जलवायु परिवर्तन र बसाईसराई, इनोभटिभ इन्फ्रास्टक्चर एन्ड डायस्पोरा, पोलिसी एन्ड पार्टनरसिप, डिअल सिटिजनसिप लगायतका विषयमा छलफल भएको छ।
Shares

प्रतिक्रिया