समाज


राशिफल १३ पुस : सिंहको नाक तथा घाँटीमा समस्या आउने, वृश्चिक चिताएको काममा सफल हुने, तपाईँको के?

राशिफल १३ पुस : सिंहको नाक तथा घाँटीमा समस्या आउने, वृश्चिक चिताएको काममा सफल हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
पुस १३, २०८१ शनिबार ४:४२, काठमाडौँ

आज शनिबार, १३ पुस २०८१ (२८ डिसेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : अचानक समस्या देखिनेछ। अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। परिवार र नातागोताभित्रका सदस्यसँग राम्रो व्यवहार पुर्‍याउन नसक्नाले महत्वपूर्ण अवसर गुम्न सक्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। आकस्मिक यात्राको अवसर आउन सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मिथुन : शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। झुट नबोल्ने।

कर्कट : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धार्मिक यात्राले अनुहारमा चमक आउनेछ। प्रेम जीवन सबल र सफल हुनुका साथै दाम्पत्य जीवन सुखमय रहनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

सिंह : सुखदुःख बराबरी खालको समय छ। नाक तथा घाँटीमा समस्या आउला। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। सद्विचारले अभिप्रेरित हुनेलाई साँझमा बिस्तारै बढी लाभ मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। छलकपट नगर्ने।

कन्या : ठीक समयमा सही निर्णय लिन सकिनेछ। मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : शुभकार्यको चर्चा चल्नेछ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। दाजुभाइ तथा दिदीबहिनीबाट सहायता मिल्नेछ। नयाँ-नयाँ व्यक्तिसित सम्पर्क हुनाले त्यसबाट फाइन लिन सकिनेछ। बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। उत्तर दिशा नजाने।

वृश्चिक : चिताएको कामले तीव्रता लिनेछ। धार्मिक यात्राको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ। रोकिएको काम दोहोर्‍याएर गर्दा सफलता मिल्नेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : मन खिन्न हुने स्थिति आउन सक्छ। आफ्नो बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला। चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। फलदायी यात्रा नहोला। साँझमा शुभ समाचार सुन्नमा आउला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। छलकपट नगर्ने।

मकर : आकस्मिक यात्राको अवसर आउन सक्छ। यात्राबाट लाभ मिल्नेछ। उपकार गरेर अरूको मन जित्न सकिनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ खैरो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ : विद्वानहरूको साथमा घुलमिल हुने मौका मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। प्रणय सम्बन्ध बढ्ने समय रहेको छ।

भाग्यशाली रङ सेतो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

मीन : आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला।

भाग्यशाली रङ आकासे र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad